१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भुकुटीमण्डपको रत्नराज्य क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै प्राध्यापकमाथि आक्रमण, क्याम्पसले ग¥यो निश्काशित




८ पुस ०७८, काठमाडौं । परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातीक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।
क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए ।
जेठाराको आक्रमण प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए । उनको टाउको ६ टाँका लगाउनु परेको थियो ।
बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।
विद्यार्थीले प्राध्यापकमाथि आक्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । जेठारालाई क्याम्पसले निष्कासन गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।