१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यो बर्ष धेरै खोजिएकी पोनस्टार लाना राओडेस




८ पुस ०७८,मुम्बई । यो वर्ष सबैभन्दा खोजिएको पोर्नस्टारको सूचीमा लाना राओडेस परेकी छिन् । एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गर्ने क्रममा लानाको नाम अग्र भागमा छ ।
सार्वजनिक गरिएको अन्य पोर्न स्टारहरुमा अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया काल्कोभा छन् । यी सबै अभिनेत्रीहरू पोर्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्दछन् ।
सन् २०२१ अन्त्यको संघारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ।
यसको पछिल्लो एपिसोडलाई पोर्नहब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन् । उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन्, जसमा जेनेरेसन, जेन्डर र डेमोग्राफिक्स सामेल छन् ।
लाना सबैको मनपर्ने पोर्नस्टार भए पनि उनले सन् २०२१ मै पोर्न उद्योगबाट बिदा लिएकी छन् । एडल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ ।
च्यानलका अनुसार पोर्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन् । अमेरिकापछि बेलायत, जापान, फ्रान्स र इटालीका छन् । यी देशमा पोर्नहबमा सर्वाधिक ट्राफिक हुने गर्दछ ।

यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनीलिओ, पोर्न फ्रान्स, द स्टार्ट अफ युएस र लक्जरी गर्ल छन् । यो वर्ष सर्वाधिक हेरिएको पोर्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन् ।
अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए । जबकी यो वर्ष अधिकांश दर्शकले पोर्नहबमा हेन्टाईलाई खोजे । हेन्टाई जापानी मंगा र एनिमेसनको एक जनरा हो । यसमा पात्र र तस्बिरलाई बढी कामुक देखाइन्छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ५० बजे