१० पुस ०७८, काठमाडौं । नेपाल सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।
इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सवको अवसर पारेर सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बताएको छ ।
यद्यपि आज शनिबार परेको छ । शनिबार नेपालमा सार्वजनिक बिदा हुने जान्दा जान्दै सरकारले सार्वजनिक विदा घोषणा गरेको हो ।
आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।
शनिबार सार्वजनिक विदाको दिन विदा घोषणा गरेको भन्दै सरकारका आलोचकहरुले हाँसो मजाक गरिरहेका छन् ।
प्रतिक्रिया