२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा राहत दिन ४८९ कोरोनाबाट प्रभावितको विवरण सङ्कलन(सूचीसहित)



ललितपुर खबर १० पुस ०७८, ललितपुर । ललितपुर महानगरपालिकामा कोरोनाबाट प्रभावित चार सय ८९ जनाको विवरण सङ्कलन भएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका दुई सय ५६, सङ्क्रमित भइ आईसीयूमा उपचार गराएका ५९ जना र सामान्य उपचार गराएका एक सय ७४ जनाको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका २९ वटै वडाबाट प्राप्त भएका आवेदनका आधारमा यी परिवारलाई रकम उपलब्ध गराउन लागिएको महानगरले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख २० हजार, आईसीयूमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैँया राहत रकम उपलब्ध गराइने भएको छ। सहयोग रकमको चेक बुझ्न महानगरपालिकामा सम्पर्क गर्न महानगरको सबैलाई आग्रह छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : ३८ बजे