२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धादिङको गल्छीमा स्कार्पियो दुर्घटना, युवकको मृत्यु



फाइल तस्विर

११ पुस ०७८, धादिङ । गल्छी गाउँपालिका ७ बैरेनी बजारमा बा.१३ च ८१०९ नम्बरको स्कार्पियो र बा.३९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका २ बस्ने २५ वर्षीय सुरेश घलानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अम्भे भरोषा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कार्पियो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ना.७ ख २९ नम्बरको ट्रकले समेत मोटरसाइकललाई ठक्कर दिएको थियो । स्कार्पियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कारवाही सुरु गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।