१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरी संगीतकर्मी संघ गठन




११ पुस ०७८, चापागाँउ । राष्ट्रिय संगितकर्मी संघ ललितपुरले गोदावरी कार्यसमिति गठन गरेको छ ।
संघको अध्यक्षमा अनुप न्यौपाने सर्वसहमतले निर्वाचित हुनु भएका हुन् । कार्यसमितीकोे उपाध्यक्षमा सम्झना खडका, उमेश तामाङ, बाबुकृष्ण सापकोटा र कृष्णकुमार महत, कोषाध्यक्षमा इन्दिरा बजगाई, सचिव बिशाल तामाङ, सहसचिव सुमन सन्जेल, सदस्यहरु क्रमश रत्नमान माली, प्रतिमा नेपाली, सुस्मिता अधिकारी, श्रेया श्रेष्ठ, सम्झना लामा चयन भएका छन् भने सल्लाहाकारमा मनिष शर्मा(हरि),दिपक दुलाल, हरिचन्द्र घिमिरे, राम राना, राम सुन्दर खड्का, अशोष्थामा अर्याल लगायतका सर्वसहमति निर्वाचित भएका छन् ।
कार्यक्रमका सभापति अनुप न्यौपानेले गोदावरी नगरपालिका भित्र कलाकारिता क्षेत्रलाई अगाडि बढाउन योजना निर्माणका लागि आगामी दिनमा संघको सक्रिय सहभागी रहने बताउँदै सम्पूर्ण सरोकारवालाले सहयोग गरिदिन अनुरोध गरे ।
राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको आयोजनामा शनिवार गोदावरी नगरस्तरिय कलाकार समितिको पुनर्गठन गरिएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा अध्यक्षहरु भाष्कर थापा, मिलन सिलवाल, गिरिप्रसाद तिमल्सिना,बागमति गाउपालिका वडा अध्यक्ष विष्णुप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष सुवास महतले कलाकर्मीहरुलाई एक ढिक्का वनाउने प्रयत्न बिगत १० वर्ष देखि गर्दै आएको बताए । उनले एक्लैले गर्दा कुनै पनि काम सम्भव नहुने भएर सांगठनिक शक्तिको आवस्यकता महसुस गरि संगितकर्मी संघको स्थापना गरिएको र संस्थागत हिसावले अगाडि बढ्नका लागि हातमा हात साथमा साथ दिएर अगाढि बढ्न सकियो भने निश्चय नै गन्तब्यमा पुग्न सकिने बताए ।

 

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : १२ बजे