१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फुल्चोकी र चन्द्रागिरीमा हिमपात



१४ पुस ०७८,काठमाडौं । काठमाडौंको चन्द्रागिरि, फुलचोकी र दलचोकीलगायत अग्ला पहाडमा बुधबार विहानैदेखि हिउ पर्न सुरु भएको छ । हिजो मंगलबारदेखि पूर्ण बदली पछि राजधानीमा झरि परिरहेको छ ।
मैसम विज्ञान विभागले मंगलबार नै परामर्स तथा चेतावनी दिदै मौसम बदली रहेको र चिसोबाट बच्न आग्रह गरेको थियो । विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । नगरकोटीका अनुसार काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ। नगरकोटीका अनुसार काठमाडौंको हालको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।
बागमती, प्रदेश एक र प्रदेश २ मा भोलि बिहानसम्म पानी पर्ने सम्भावना रहेको छ। पश्चिम क्षेत्रमा भोलि बिहानदेखि क्रमशः पानी पर्न रोकिने हुन्छ। भोलि दिउँसोबाट अन्य प्रदेशमा पानी पर्ने क्रम रोकिनेछ। मौसमविद् नगरकोटीका अनुसार पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।