७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भारतले ज्यादती गरेको भन्दै विप्लवका कार्यकर्ताले लगाए सिमानामा ताल्चा




बिरादत्त भट्ट
१४ पुस ०७८, दार्चुला । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएको पुष्टि गरे ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको उनले बताए ।
एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् । नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिकको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए ।

प्रहरीले भने सीमापुलमा तालाबन्दी नभएको दाबी गरेको छ । सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराले बताए । न्युज कारखाना

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।