१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि सम्झौता



१४ पुस ०७८, काठमाडौं । नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ । नमोबुद्ध ११ मा केन्द्र स्थापनाका लागि दुवै नगरबीच सम्झौता भएको हो ।
केन्द्रमा स्वदेश तथा विदेशका स्वास्थ्य तथा शिक्षासम्बन्धी अनुसन्धान गरिने छ । नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा विद्यावारिधीका कार्यक्रमका लागि केन्द्रलाई विकास गरिने सम्झौतापत्रमा उल्लेख छ । अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी तोकिएअनुसार कार्य सञ्चालनपश्चात सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी शैक्षिक, स्वास्थ्य, अनुसन्धानलगायतका क्षेत्रमा स्थानीयवासीलाई समेत सहभागी गराउने विषयमा समझदारी भएको छ ।
यस्तै केन्द्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, आवश्यक स्रोत साधनको व्यवस्था गर्ने तथा रोजगारीमा स्थानीयवासीलाई प्राथमिकता दिइने समझदारी भएको तिमल्सिनाले बताएका छन् । अस्पतालका कार्यकारी निर्देशक माकजुले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा नगरपालिकालाई धन्यवाद दिए । करिब अढाइ दशकअघि सुरु गरिएको धुलिखेल अस्पताल अहिले स्वास्थ्य सेवातर्फ मुलुककै अब्बल संस्था बनेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।