१५ पुस ०७८, काठमाडौं । काभ्रेको वल्थलीमा भिषण आगलागी हुँदा एक करोडभन्दा धेरैको क्षति भएको छ । प्रहरीका अनुसार काभ्रेको पनौती नगरपालिका ११ बल्थली नजिक ख्याकुस्थित सरोज थापाको सिवानी फर्निचर तथा सवमिलमा गएताति आगलागी हुँदा करिब १ करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीमा फर्निचर उद्योग, सवमिल र राईस मिल, श्रीकृष्ण थापाको बा.६ ख ४९५९ नम्बरको बलेरो गाडीमा आंशिक क्षति, हाईलाईन बोर्डिङ स्कुलको बा.३ ख ६२०४ नम्बरको स्कुल बसको आंशिक क्षति, रुद्र थापाको घरका झ्यालहरु समेत आंशिकरूपमा जलेर क्षति भएको छ ।
आगलागी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका, बनेपा नगरपालिका तथा भक्तपुरबाट ३ वटा दमकल र स्थानीयबासी समेतको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।
१५ पुस २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया