३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चीनमा कोरोनाका कारण लकडाउन, सियान सहरमा खाद्यन्न अभाव




एजेन्सी
१६ पुस ०७८, बेइजिङ । कोरोना कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् । सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।
लकडाउनका कारण आफूहरुले पर्याप्त खाद्यन्न नपाएको सियानका स्थानीयले बताएको अन्तर्राष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् । स्थानीय प्रशासनका केही व्यक्तिले निकै थोरै परिमाणमा खाद्य सामाग्री दिने गरेको सो सहरकी वासिन्दा आदा झाओले गुनासो गरेकी छिन् ।
आफूले दुई दिनदेखि खानेकुरा नपाएको अर्की स्थानीय महिलाले गुनासो गरेकी छिन् । ‘हाम्रो समुदायमा अत्यावश्यक सामाग्रीको वितरणबारे केही जानाकारी दिइएको छैन । हामीले कसरी संग्रह गर्न सक्छौं , ?’ उनले प्रश्न गरिन् ।
१ करोड २० लाख जनसंख्या भएको सियानमा अत्यावश्यक आपूर्तिमा पर्याप्त पहुँच भएको त्यहाँको वाणिज्य मन्त्रालयले दाबी गरेको छ । त्यस्तै, बेइजिङले सियानमा खाद्यन्न अभाव नभएको जनाउँदै आएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।