१६ पुस ०७८, चापागाँउ । नेकपा एमालेले महाँकाल उपत्यका सम्पर्क कमिटी बनाएको छ । ललितपुरको चापागाँउ टाहाखेलमा बसेको पहिलो भेलाले दक्षिण ललितपुरको चन्दनपुरका राजेन्द्रकुमार घिमिरे अध्यक्षतामा कमिटी बनाएको हो । कमिटीको उपाध्यक्षमा गोटिखेलका सुवास चौरेल, सचीवमा बुखेलका प्रकाश केसी तिमल्सिना,र उपसचीवमा ठुलादुर्लुङका शम्भु हुमागाई रहेका छन् ।
भेलाले ३५ सदस्यीय कमिटी गठन गरेको थियो । सदस्यहरुमा सिताराम घिमिरे, केदार बन्जारा,देवानन्द संन्जेल,सुर्य प्रसाद घिमिरेलगायत छन् ।
प्रतिक्रिया