२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अवरुद्ध हुँदै आएको संसद बैठक आज पनि बस्दै



फाइल तस्विर

१८ पुस ०७८,काठमाडौं । आज पनि संसद बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरूद्ध गर्दै आएको छ । एमाले पार्टीमा रहदा संसद रहेका माधव नेपालसहित सासंदलाई पार्टीले कारवाही गरी संसदलाई जानकारी गराए पनि सभामुख अग्नी प्रसाद सापकोटाले कारवाही गरिएको सूचना टाँस नगरेको विरोधमा एमाले निरन्तर संसदभित्र आन्दोलन गरिरहेको छ । तर सभामुखले प्रमुख प्रतिपक्ष रहेको एमालेलाई वेवास्ता गर्दै संसदको काम कारवाही अघि बढाइरहेका छन् ।
संसद भवन बानेश्वरमा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।