११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाल्पा बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो(अपडेट)



१८  पुस ०७८, बुटवल । बुटवलबाट गुल्मीको रिडी मलामी चढेर जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलको रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी जान चढेका लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लगुवामा आइतबार दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बसमा ४० जना सवार रहेको खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ३ : ०९ बजे