
१८ पुस ०७८, बुटवल । बुटवलबाट गुल्मीको रिडी मलामी चढेर जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलको रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी जान चढेका लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लगुवामा आइतबार दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बसमा ४० जना सवार रहेको खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया