ललितपुर खबर
१८ पुस ०७८, काठमाडौं । ललितपुरबाट हरि दाहाल ललित, लालकुमारी पुन र उर्मिला लामा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । पार्टी अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले पेश गरेको नामावलीमा हरि दाहाल ललितको नाम खुलातर्फ बाह्रौं नम्बरमा रहेको छ । आइतबार काठमाडौंको प्रज्ञाभवनमा जारी आठौं महाधिवेशनले उनीहरुलाई कन्द्रिय सदस्यमा सर्वसम्मत चयन गरेको हो ।
ललितपुर खबरसँग कुरा गर्दै दाहालले आफूसहित लालकुमारी पुन, र उर्मिला लामा केन्द्रिय समितीमा सर्वसम्मत निर्वाचित भएको स्वीकार गरे । उनले भने, अहिले हामी ३ जना ललितपुरबाट केन्द्रिय सदस्य सर्वसम्मत निर्वाचित भएका छौं । अरु ललितपुरका साथीहरु प्नि मनोनयनमा पर्ने सम्भावना छ ।
आइतबार महाधिवेशनको हलले २ सय ३६ जनालाई ताली बजाएर सर्वसम्मत चयन गरेको हो ।
प्रतिक्रिया