२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणमा सवा ६ करोड राजस्व संकलन



१९ पुस ०७८, भक्तपुर । गत आर्थिक बर्षमा चाँगुनारायण नगरपालिकामा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ६ करोड ९६ लाख संकलन भएको छ । चागुनारायणको दशौं नगरसभामा उपमेयर विना बास्तोलाले चालू आर्थिक वर्ष २०७८(८९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६ करोड ९६ लाख राजस्व संकलन भएको जानकारी दिएकी हुन् ।
उनले चालू आवमा नगरपालिकाको कूल १ अर्ब ९० करोड ६४ लाख ८४ हजार २५४ रुपैयाँ विनियोजन भएको जानकारी दिइन ।
सभामा उनले नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताइन ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत १२ जना महिलाहरुलाई ५ दिने आधारभूत साबुन बनाउने तालिम, १८ महिलालाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै बास्तोलाले भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४ सय ८६ वटा योजना रहेकोमा १ सय ५७ वटा योजना गत आर्थिक र्वाबाट दायित्व सरेर आएको बताइन ।
उनले चालू आर्थिक वर्षमा २० लाख भन्दा बढीका ३९ वटा योजनाको ठेक्का आह्वान हुनुपर्नेमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको उल्लेख गरिन । उनले उपमेयरसँग महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने तालिम, कम्प्युटर तालिम, आधारभूत मन्टेश्वरी तालिम र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिँदै सिलाई, कटाए तालिम र बेतबाँसको सामग्री तालिम चालू रहेको उल्लेख गरिन ।
बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखकीरण, बालमैत्री वडा सहजकर्ताहरुको नियुक्ति, बालमैलै सहजकर्ताहरुलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २ सय ६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जनाइन ।
उनका अनुसार नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३ सय सार्वजनिक स्थालमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट राखिएका छन । सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
मेयर सोमप्रसाद मिश्रले आफ्नो कार्यकालमा विकास निर्माणको कार्यमा सबै राजनीतिक दलका जनप्रतिनिधिले साथ दिएको र विकास निर्माण कार्य सहयोग गरेको बताए । उनले अबको बाँकी कार्यकालमा पनि सबै जनप्रतिनिधीले सोही अनुरुप सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले नगरबासीलाई हालसम्म ९५ हजार २४ जना कोभिडविरुद खोप लगाएको र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई आगामी माघ मसान्तसम्म कोभिडविरुद्धको भ्याक्सिन लगाउने लक्ष्य रहेको बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आइतबार दशौँ नगरसभा सुरु गरेको हो । पालिकाले आइतबार वडा नम्बर ७ स्थित तपादम्फोको बहुउद्देश्यीय सभाहलमा नगरसभा सुरु गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : १९ बजे