२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबार ललितपुरको महालक्ष्मी नगरका कार्यालय खुल्ने तर काम नहुने




ललितपुर खबर
१९ पुस ०७८, ललितपुर । उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबार नगरसभा आयोजना गर्दैछ । यसै नगरसभा कार्यक्रममा कारण कार्यालयहरुमा सेवाग्राहीहरुको काम भने नहुने भएको छ ।
नगरपालिकाका अनुसार नगरसभामा कार्यालयका कर्मचारीहरु र जनप्रतिनिधिहरु सहभागीहुनु पर्ने हुँदा कार्यालयहरुको काम प्रभावित हुने अवस्था आएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषेत्तम सापकोटाले जारी गरेको सूचना अनुसार अत्यावश्यक बाहेक अन्य सेवा प्रभावित हुने उल्येख छ । भोलि मंगलबारका दिन नगरपालिकाले विदा भने दिएको छैन ।

नगरपालिकाले विहान ११ बजे इमाडोलस्थित आगन पार्टी भेन्युमा नगरसभा गर्दैछ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।