९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमालेका उम्मेदवार तय



१९ पुस ०७८, काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जना उम्मेदवारहरू तय गरेको छ । एमालेको आइतबार भएको सचिवालयको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो ।

एमालेले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु), प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ विना साह (रौतहट) वाग्मती प्रदेशमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकी प्रदेशबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) लाई उम्मेदवार तोकेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) कर्णाली प्रदेशमा खुलातर्फ चुडामणि शर्मा (सुर्खेत), महिलातर्फ गङ्गा थापा महत (जुम्ला) र अल्पसङ्ख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश विक (बैतडी) लाई बनाइने भएको छ ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।