१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका मिनिमार्टमा म्याद गज्रेका खाद्य पदार्थ भेटिएपछि गरियो नष्ट



१९ पुस ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले आज यहाँका विभिन्न मिनिमार्टहरूको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश मार्टले म्याद नाघेको सामानहरू बिक्रीमा राखेको र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नलिई जथाभावी लेबल राखेर सामान बिक्री गरेको पाइएको संयोजक गोराले जानकारी दिएका छन् ।
अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनिमार्ट, शाख मार्ट प्रालिमा मिनिमार्टहरूका दर्ता नवीकरण नगरेको, म्याद नाघेको सामानहरू बिक्रीमा राखेको, दैनिक उपभोग्य सामानहरू गेडागुडी, दाल, चिउरालगायत प्याकेजिङ सामानमा मनपरी लेबल राखेको बिक्री गरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, स्टाफहरूले एप्रोन, माक्स, पञ्जा, स्यानिटाइजरलगायत कोभिडबाट सुरक्षित रहने कुनै पनि सामान प्रयोग नगरेको पाइएको उनले बताएका छन् ।
अनुगमन टोलीले मार्टमा बिक्रीमा राखेका म्याद गुज्रेको सामानहरू फ्रुट, तेल, सुजी, क्यान बियर, लेज, विभिन्न ब्रान्डका क्रिमहरू, विभिन्न ब्रान्डका बिस्कुटहरू, डिडिसीको चिजलगायत सामानहरू जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।