१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुरको सहकारी अमिताभ बुद्ध सहकारीमा चोरी



१९ पुस ०७८, भक्तपुर । भक्तपुर सूर्यविनायकको एक सहकारीमा चोरी भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै रहेको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ आइतबार राति चोरी भएको हो ।
दराजमा राखेको उक्त नगद चोरी भएको खबर छ । चोरी भएका सूचना लगत्तै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको बताएको छ ।
सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ०२ बजे