२० पुस ०७८, ललितपुर । ललितपुर एमालेले आसन्न जिल्ला अधिवेशनका लागि जिल्लाभर आज प्रतिनिधि छनौट गर्ने भएको छ । एमाले जिल्ला सचिव पुरुषेत्तम आचार्यले सवैवडाहरुका भेला मार्फत आज प्रतिनिधि छनौट हुने बताए ।
उनले भने, ‘हामी भोलि बैठक बसेर जनसंगठनबाट प्रतिनिधि सहभागीबारे निर्णय गर्छौं ।’
आज छनौट भएका प्रतिनिधि यही २५ गते सातदोवाटोस्थित ललितपुर पार्टी प्यालेसमा आयोजना हुने बन्दसत्रमा सहभागी हुने छन् । सहभागीले नयाँ नेतृत्व चुन्ने कार्यक्रम छ । जिल्ला अधिवेशनको उद्घाटन भने मंगलबजारस्थित दरवार परिसरमा हुँदैछ । एमालेले जिल्ला अधिवेशनको उद्घाटन सत्रललाई शक्ति प्रर्दशनका रुपमा लिएर जनसहभागिता बढाउन सकुर्लर गरेको छ ।
महाधिवेशनमा ५ सय ८० जना प्रतिनिधि हुनेछन् । हरेक वडाबाट ४ जना आउनेछन् । २ सय ८३ जना जिल्ला सदस्य स्वतः प्रतिनिधि हुनेछन् ।
२ सय ५० जना सक्रिय सदस्य भएको वडाबाट ४ जना प्रतिनिधि चुनिनेछन् भने प्रत्येक १ सय बराबर १ जना थप प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।
हरेक वडाबाट छानिने प्रतिनिधिले जिल्ला अध्यक्ष छान्न निर्वाचनमा भाग लिन पाउछन् ।
हरेक वडाबाट कम्तिमा १ सय जना सहभागी गराउन सकुर्लर गरिएको एक नेताले बताए ।
ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल,पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।
आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्ष समेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए । बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतीपछि जिल्ला पार्टीको सह संयोजक नियुक्त भएका थिए ।
प्रतिक्रिया