११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाउन माओवादीको माग



ललितपुर वगुवास्थित खानीखोलमा सञ्चालित वालुवा वासिङ्ग । तस्विर ः ललितपुर खबर

२० पुस ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ ।
काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो ।
‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरे दोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’ पारित प्रस्तावमा भनिएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १ : १६ बजे