
२१ पुस ०७८, काठमाडौं । काठमाडौंको कागेश्वरीको जुवा अखडाबाट १५ जना लाख खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कागेश्वरी मनहरा नगरपालिका ७ फोर्सपार्कस्थित रमेश माषिमाले संचालन गरेको खाजा पसलमा तास खेलिरहेको अवस्थामा १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ८ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।







प्रतिक्रिया