२१ पुस ०७८, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (अखेटोपहार) सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाँउपालिका-४ लाखुरेका ४० वर्षका रुक्मणबहादुर बुर्जामगर पाँचथरको मिक्लाजुङ गाँउपालिका-८ घर भइ अहिले काठमाडौंको टोखा बस्दै आएका २७ वर्षका भविन्द्रबहादुर मगर रहेका ब्यूरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । उनीहरुबाट साढे एक केजी खपटा बरामद गरिएको छ ।
ब्यूरोलाई कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको अखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको सीआईबीले बताएको छ ।
प्रतिक्रिया