१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर एमालेमा चेतनाथ र पुरुषोत्तमको टक्कर, बीचमा खेल्दै मधुसुदन




२२ पुस ०७८,ललितपुर । ललितपुर एमालेमा चेतनाथ सञ्जेल र पुरुषोत्तम आचार्यबीच चर्को प्रतिश्पर्धा देखिएको छ ।
गतमंगलबार जिल्लाभर भएको प्रतिनिधि छनौटका क्रममा चेतनाथ समर्थक र पुरुषोत्तम समर्थकको बहुल्य भएसँगै ललितपुर अधिवेशनमा दुबै नेताबीच कडा प्रतिपर्धा हुने देखिएको हो ।
दुवै पक्षबीच उत्तिकै समर्थकको बाहुल्य रहेको अवस्थामा सर्वसम्मतको सम्भावना नरहेको नाम नबताउने शर्तमा एक नेताले बताए । उनले भने, ‘दुवै नेता केन्द्रको आर्शिवाद लिन दौडधुपमा छन् । भेटघाट पनि उत्तिकै छ ।’
मंगलबार अधिवेशन प्रतिनिधि आएपछि ललितपुर क्षेत्र नं.२ र ३ मा पुरुषोत्तम बलिया देएका छन् । भने ललितपुर १ मा पछिल्लो चेतनाथ अघि देखिएका छन् ।
एमाले पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि स्वभाविक कमजोर रहेको एक नेताको भनाई छ ।
उनीहरुको जनआधार कमजोर छ भने माथिल्ला तहका नेताको आर्शिवाद पाउने सम्भावना देखेर नै उनीहरुले अध्यक्षको दावी गरेको बुझिएको छ ।
ललितपुर २ र ३ मा कमजोर देखिएपछि चेतनाथले जिल्ला कमिटी सदस्य मधुसुधन पौडेललाई अघि सारेर खेल्न खोजेको एक नेताले बताए । उनले भने,‘ललितपुर अध्यक्षमा कमजोर देखिएपछि चेतनाथले मधुसुधनलाई अघि सारेका छन् । यो उनको खेल्ने दाउ मात्रै हो ।’
ललितपुर अध्यक्षको दावी गर्न मधुसुधन एमाले प्रतिनिधि बनेर महाधिवेशनमा आएसँगै जिल्लामा अध्यक्ष प्रत्यासी बन्ने चर्चा चलेको हो ।
मधुसुधन पौडेल भने चारै जना सर्वसम्मत बन्न नसके मात्रै आफू अघि बढ्ने बताउछन् । भन्छन्, ‘यो बेला निर्वाचन गरेर जान हुँदैन । पार्टीले मलाई कतै ठाँउ नदिएपछि मैले ठाँउ खोज्नु स्वभाविक हो ।’
पौडेल एमालेको नवौं र दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवार भएर पराजित भएका थिए । उनी २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार भएर पराजित भएका थिए। कार्यकर्ता तहमा समेत आफ्नो प्रभाव जमाउन नसकेका उनी अहिलेको जिल्ला अधिवेशनमा चेतनाथ संजेल र मधुसुदन पौडेललाई आपसमा भिडाएर आफु अध्यक्ष बन्ने दाउमा रहेको एक जिल्ला कमिटि सदस्यले आरोप लगाए ।
पौडेलको पाएसम्म गोदावरी नगरपालिकाको मेयर पदमा समेत निर्वाचन लड्ने कार्यकर्तामाझ चर्चा छ । एक नेताले भने,‘पौडेलको स्प्रष्ट अडान देखिएन । उनी जुन पायो त्यही पद दावी गर्ने अवस्थामा छन् । केन्द्रिय सदस्यमा पराजित भएपछि नैतिक रुपमा जिल्ला अध्यक्षमा आउन खोज्नु अलिकती अप्ठ्यारो मान्नु पर्ने हो ।’
केन्द्रिय सदस्य पराजित भएको अवस्थामा जिल्ला अध्यक्षको दावी गर्ने नैतिक आधार हुन्छ र भन्ने ललितपुर खबरको प्रश्नमा पौडेलले पार्टी केन्द्रले केन्द्रिय सदस्य मनोनयन गरेको भए आफू जिल्ला अध्यक्षको दावी गर्न नआउने बताए ।
उनले अध्यक्षको दावी गर्ने चार जना मध्येले नै तपाई अघि बढ्नुस भनेकाले म अगाडि आउने भएको हुँ ।
उता चेतनाथ सञ्जेल भने भित्रभित्रै तयारी निर्वाचनमा लड्नै परेपनि पछि नहट्ने गरेर तयारी गरेपनि सञ्चारमाध्याम र सोसल मिडियामा आफू अध्यक्षको प्रत्यासी नदेखाई आफै सर्वसम्मत बन्न ध्याउन्नमा छन् । उनी दिनभर कार्यकर्ताहरु भेला पारेर छलफलमा व्यस्त छन् ।

एउटै क्षेत्रकोचेतनाथ संजेल र पुरुषोत्तम आचार्यको जिल्लामा अस्वभाविक भएको जिल्लामा चर्चा छ । क्षेत्रका भएकाले दुवै पार्टी कमिटीको सचिव र अध्यक्षमा अटाउने सम्भावना समेत नरहेको एक नेताले बताए ।
सञ्जेल र आचार्य दुवै पार्टीका जुझारु र एउटै क्ष्टरका भएकाले पनि लड्नुको अर्थ नहुने बताइन्छ । पार्टीलाई उत्तिकै आवश्यक पर्ने नेता भएको हुँदा २ जना आपसमा लड्नु दुवै जनाको लागि हानिकारक हुने र त्यसले गर्दा तेस्रो पक्षलाई फाईदा हुने समेत पार्टी पंतीमा चर्चा हुने गरेको छ ।बुधबार सम्पन्न पार्टीको अन्तिम जिल्ला कमिटि बैठकमा पनि आपसमा नलड्न र मिलेर सर्वसम्मतिका लागि पार्टी पोलिटव्युरो सदस्य सुशीला नेपाल, केन्द्रिय सदस्य तथा वर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण व्यंजनकार लगायतले दवाब दिएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १० : ०७ बजे