१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भक्तपुर गठ्ठाघरबाट फेसबुक ह्याक गरेर पैसा माग्ने युवक पक्राउ



२१ पुस ०७८, काठमाडौं । बिभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघरबाट एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका १० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ११ : ०८ बजे