१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द



काठमाडौँ, २८ मङ्सिरः
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार विमलेन्द्र निधिको निवास बानेश्वरमा । प्रधानमन्त्री देउवाले नेता निधिलाई भेटेर सभापति पदमा पुनः हुने मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । तस्बिरः रोशन सापकोटा÷रासस

२२ पुस ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
“अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,” प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औँ शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३८ बजे