२२ पुस ०७८, काठमाडौं । ललितपुरको भैसेपाटी र काठमाडौंको गौरीघाटमा चोरी भएको छ । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १८ भैसेपाटी शान्तीमार्ग थापागाउँस्थित मुनु गुरुङको घरबाट नगद ५० हजार रुपैयाँ, २ थान घडी, सुनको सिक्का र सुनको लकेट समेत गरी करिब २० लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
साथै काठमाडौं महानगरपालिका ७ गौरीघाट खरिबोट डेरा गरी बस्ने काभ्रे घर भएकी देवकी त्रिपाठीको कोठामा कोही नभएको अवस्थामा बाट नगद ५० हजार रुपैयाँ तथा विभिन्न सुनका गहना समेत गरी करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
चोरीको सूचना पाएलगत्तै खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२२ पुस २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया