१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम विग्रियो देशभर वर्षाको सम्भावना




२३ पुस ०७८, काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षा भएको छ ।
दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति प्रदेश १, २, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।