९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबजारमा आज एमाले जिल्ला अधिवेशनको उद्घाटन



फाइल तस्विर

२३ पुस ०७८, ललितपुर । नेकपा एमालेले जिल्ला अधिवेशन आज हुँदैछ । एमालेका अनुसार ललितपुरको मंगलबजारमा हुने उद्घाटन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्दैछन् ।
कार्यक्रमको सबै तयारी पुरा भएको पार्टी सचिव पुरुषोत्तम आर्चायले जानकारी दिएका छन् । उनका अनुसार मंगलबजारमा आज २० हजार कार्यकर्ता सहभागी हुँदैछन् ।
पार्टीले हरेक वडाबाट कम्तिमा १ सय जना कार्यकर्तालाई कार्यक्रममा सहभागी गराउन सर्कुलर जारी गरेको छ ।
नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनको अर्काे मिति तय हुनेछ ।
एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो ।
जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।