२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा गुण्डागर्दीमा संलग्न दुई जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२३ पुस ०७८, काभ्रे । काभ्रे जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका ५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका ३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।
महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पु¥याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैलाई ‘मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य–सुविधा र नैतिकताविरुद्ध’सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : ४८ बजे