१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कमलमणि स्मृति साझा पुरस्कार सहकारी अभियन्ता बडाललाई   



२३ पुस०७८, ललितपुर ।  यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ ।
सो सहकारी संस्था लिमिटेडको ३७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तथा राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी सुब्बाले संयुक्त रुपमा उनलाई सो पुरस्कार प्रदान गरे । सो अवसरमा मन्त्री श्रेष्ठले सहकारीमा भएका नीतिगत, व्यावहारिक तथा कानुनी समस्यालाई फुकाउन आफूले लागिपर्ने बताए । सहकारी संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले पुरस्कृत व्यक्तित्व सहकारीका कुशल प्रशिक्षक रहेको बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।