२४ पुस ०७८, काठमाडौं । छुट्टा छुट्टै स्थान काठमाडौं र धादिङमा लडेर २ जनाको मृत्यु भएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ बस्ने ५६ वर्षीय दिपक अर्यालको आफ्नै घरको दोस्रो तलाबाट लडेर शनिबार बिहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएका उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै धादिङ सिद्धलेख गाउँपालिका ६ परेवाटारस्थित सिद्धलेख बृज इँटा उद्योगको निर्माणाधीन भवनको दोस्रो तलाबाट लडेर भक्तपुर नगरपालिका ८ भक्तपुर बस्ने ६२ वर्षीय सत्य बहादुर छुवाजुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
प््रहरीका अनुसार उक्त भवनमा काम गर्नेक्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजुरी अस्पताल धादिङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
२४ पुस २०७८, शनिबार
0
Shares
प्रतिक्रिया