१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डलाई कोरोना लागेपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा



काठमाडौँ, २८ मङ्सिरः
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार विमलेन्द्र निधिको निवास बानेश्वरमा । प्रधानमन्त्री देउवाले नेता निधिलाई भेटेर सभापति पदमा पुनः हुने मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । तस्बिरः रोशन सापकोटा÷रासस

२४ पुस ०७८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए ।
प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ०२ बजे