२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा नेकपा एसले बनायो महिला सङ्घ




२५ पुस ०७८, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिएका छन् ।
भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा अखिल नेपाल महिला सङ्घ (समाजवादी) को नगर कमिटीसमेत गठन गरेको छ । ती मध्ये भक्तपुरमा उमाकुमारी श्रेष्ठ र कविता चौगुठी, मध्यपुरमा सुनिता रानाभाट र चन्द्रकला पौडेल, सूर्यविनायकमा कल्पना केसी र कल्पना सुवाल, चाँगुनारायणमा शान्ति खड्का र सुलोचना सुवेदी क्रमशः अध्यक्ष र सचिवमा चयन भएका छन् ।
नेकपा ( एकीकृत समाजवदी) भक्तपुरका महिला नेत्रृ रीता अवालका सभापतित्वमा सम्पन्न भेलालाई नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य बागमती प्रदेश कमिटीका अध्यक्ष एवं अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष सावित्रा भुसाल, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज ध्रुवराज विष्ट, केन्द्रीय सदस्य तथा भक्तपुर सहइन्चार्ज सुशीला सुवेदी, भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले महिला अधिकार सुनिश्चितका लागि महिला लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।