७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाको दर बढ्न थालेपछि उपत्यकाका प्रजिअहरुको संयुक्त बैठक बस्दै




२५ पुस ०७८, काठमाडौं । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो ।

कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिए। पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ ।

काठमाण्डौ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हिजो काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।