२५ पुस ०७८,काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला चयन भएका छन् ।
शुक्रबारदेखि शुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्यसमितीको पदाधिकारीहरुमा उपाध्यक्ष नबराज पराजुली ,सचिव राजेश शाक्य, उपसचिवमा बिन्दु महर्जन तथा तेज ढकाल चयन भएका छन् ।
बन्दसत्रले सर्वसम्मत रुपमा पुरै जिल्ला कमिटि चयन गरेको हो । नयाँ नेतृत्व चयनसँगै कागेश्वरी मनोहरा नगरपालिका ६ मा रहेको मुलपानी क्रिकेट मैदानमा सम्पन्न छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
२५ पुस २०७८, आइतबार
0
Shares
प्रतिक्रिया