७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन




२५ पुस ०७८, काठमाडौं । जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंमा प्रदर्शन गरिएको छ ।
नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।
राज्यले आफूहरूलाई नागरिकता नदिएर गैर नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ ।
माइतीघरमा जम्मा भएर उनीहरू नयाँ बानेश्वरसम्म ¥याली निकालेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।