७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते



फाइल तस्विर

सुधा देव
२६ पुस ०७८, सप्तरी । सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् ।
घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ । उनले भने, ’घाइतेको उपचारमा भट्टा मालिक सहयोग गरिरहेको छ । घटनाको मुचुल्का उठाइसकेको छ । अनुसन्धान भइरहेको छ ।’
न्युज कारखाना

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।