१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मदरल्याण्डका विद्यार्थीले लगाए कोभिड १९ विरुद्धको मोर्डना खोप



२७ पुस ०७८,भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ को भातेढिकुरस्थित मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २ सय ४६ जना विद्यार्थीले कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएका छन् ।
विद्यालयमा राखिएको खोप केन्द्रमा विद्यार्थीले खोप लगाएका हुन् । नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ५ का केही विद्यार्थीहरुसहित कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १ सय २ जना छात्रा र १ सय ४४ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूले जानकारी दिए। उनै नेतृत्वमा मोर्डना खोपको पहिलो मात्रा लगाइएको हो ।
स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकीलाई धन्यवाद दिँदै देशभरका बालबालिकाहरुको लागि सरकारले सहजै खोपको सुनिश्चित गर्नुपर्ने एवं कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने भएकाले यसतर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिई पठनपाठनको कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।