१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं प्रशासनको १८ बुँदे निर्देशन(पूर्णपाठ)



२७ पुस ०७८, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि १८ बुँदे निर्देशन जारी गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय अनुसार आज राति १२ बजेदेखि लागू हुने गरि आदेश जारी गरिएको सूचनामा जनाइएको छ।

जस अनुसार काठमाडौंमा चल्ने सावरी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् भने मास्क नलगाएकाले सार्वजनिक सवारी साधन चढ्न पाउने छैनन्। त्यस्तै चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।