
२९ पुस ०७८, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको अनुगमन गरेकी छन् ।
बिहान धोबीखोला करिडोरको अनुगमन गर्न सचिवसहित पुगेकी मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिइन् ।
काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले पनि बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको थियो ।
टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायत अवलोकन गरेको थियो ।
मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायका पदाधिकारीले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।







प्रतिक्रिया