२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका यी ६ निजी अस्पतालमा कोरोनाविरुद्धको निःशुल्क खोप



२९ पुस ०७८, । काठमाडौं ।काठमाडौंका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइँदैछ । सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट खोप दिन लागिएको हो ।
ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड जोनसनको खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार खोप कार्यक्रम सञ्चालनका लागि आवेदन दिएका अस्पतालमा कोल्डचेनको अवस्था र जनशक्तिलाई हेरेर खोप लगाउन अनुमति दिन थालिएको हो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १ : १४ बजे