२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम



३० पुस ०७८, भक्तपुर ।  भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए । उनले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिए ।

उनले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिए ।

उक्त सहयोगबाट शिक्षक खुशी भएको उनको भनाइ छ । वडाध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीका समयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकलाई ल्यापटप दिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : २६ बजे