१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागबजारबाट १० लाख मूल्य बराबरको सामान बरामद




३० पुस ०७८, काठमाडौं । बागबजारबाट १० लाख बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ ।

प्रहरीले शुक्रबार बागबजारबाट भन्सार छलेर ल्याइएको उक्त रकम बराबरको कोट, पाइन्ट, कुर्ता, सुरुवाल लगायत सामान बरामद गरेको हो।

विशेष सूचनाको आधारमा बागबजारबाट सामानसहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूको साथबाट ५५ थान कोट(पाइन्टको कपडा र २८८ थान कुर्ता सुरुवाल बरामद भएको मैनालीले बताए।

भन्सार छलीको सो सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।