३० पुस ०७८, ललितपुर । पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज शुक्रबार संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका छन् । महानगपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताएका छन् ।
डा शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताएका छन् । प्रतिष्ठानका उपकुलपति डा राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताए । कार्यक्रममा गत माघ महिनामा महानगरपालिकाकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु एक करोड बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराइएको थियो ।
अक्सिजन प्लान्टको क्षमता दैनिक २२० प्रतिसिलिण्डर उत्पादन गर्न सक्ने जानकारी दिइयो ।
३० पुस २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया