१ माघ ०७८, काभ्रे । काभ्रे पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा स्नान गर्नेको भीड लागेको छ । १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो ।
त्रिवेणीघाटमा हरेक १२ वर्षमा मकर सङ्क्रान्तिको दिन मेला लाग्छ । त्रिवेणीघाटमा पुण्यमाता, रोशी खोला र पद्मावती तीन नदी छन् । त्रिवेणीघाटमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले माघ १ गते बिहानै घाटमा पुगेर नुहाउने गर्छन् ।
प्रतिक्रिया