९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालकुमारीबाट लागू औषधसहित २ जना पक्राउ



© copyright : lalitpurkhabar.comshyam phuyal

३ माघ ०७८, ललितपुर । महानगरपालिका ८ बालकुमारीबाट नियन्त्रित लागूऔषध ९७ एम्पुल डाईजेपाम, ९७ एम्पुल नुर्फिन र ९७ एम्पुल फेनारगन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गौशाला बस्ने भारत घर भएका २४ वर्षीय अजित राम र बारा घर भएका २१ वर्षीय अनिल कुमार राय रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।