९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रदेश सासंद चेतनाथ सञ्जेललाई पुनः कोरोना संक्रमण




ललितपुर खबर
३ माघ ०७८, चापागाँउ । वागमती प्रदेशका सासंद चेतनाथ सञ्जेललाई पुन कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखि घरमा आराम गरिहेका सञ्जेल परिक्षण गराउदा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
आफूले कोरोना संक्रमण पुष्टि भएका कारण ७ देखि १० दिन सम्मका लागि भेटघाट बन्द गरेको जानकारी दिएका छन् । उनले भनेका छन्, यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु । स्वास्थ्य अनूकुल हुने वित्तिकै सुख दुःखमा जोडिने छु । गत पुस २४ गते जिल्ला अधिवेशनपछि सञ्जेल स्वास्थ्य समस्या आएपछि आराम गरिरहेका थिए ।
अधिल्लो बर्ष पनि उनी कोरोना संक्रमित भएका थिए ।
पछिल्ला दिनमा महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठ र भक्तपुरस्थित मध्यपुर थिमीका मेयर मदन सुन्दर श्रेष्ठ समेत कोरोना संक्रमण पछि स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।